Thu. May 2nd, 2024

“होस्टेल” र “जेरी” जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका युवा निर्देशक हेमराज बिसीले आफ्नो तेस्रो प्रस्तुति “गाजलु” दर्शक माझ लिएर आउदै छन् |इंडियामा चलचित्र निर्माण सम्बन्धि कोर्स गरेका उनले निकै कम समयमा धेरै नै मेहेनत गरेर आज निकै चर्चित निर्देशकका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन् |
13226636_1007480542633184_1363825197765890781_n
अहिले उनको तेस्रो चलचित्र “गाजलु” को निकै नै धेरै दर्शकहरु प्रतीक्षामा रहेका छन् | चलचित्रको प्रदर्शन नजिकिदै गर्दा अहिले जताततै “गाजलु” को चर्चा रहेको छ | अनमोल केसीको दर्शक माझको क्रेजले गर्दा पनि “गाजलु” को चर्चा अहिले निकै नै धेरै ठाउमा रहेको छ | अहिले बिशेष गरि युवा पुस्ताहरुमा “गाजलु” को निकै नै धेरै चर्चापरिचर्चा रहेको पाइएको छ |
13241172_1007414952639743_2771271280176941262_n
चलचित्र निकै नै राम्रो बनेको कुरामा आफु बिस्वस्त रहेको जानकारी निर्देशक बिसीले दिएका छन् | चलचित्रले निकै नै राम्रो व्यापार गरि धेरै नै दर्शकको मन जित्ने कुरामा पनि उनि निकै नै धेरै आशावादी देखिएका छन् | “गाजलु” ले नेपाली चलचित्र क्षेत्रमा एउटा छुट्टै किसिमको पहिचान बनाउने कुरामा पनि उनि ढुक्क छन् |अहिले चलचित्रको गीत संगीतले पनि दर्शकहरु माझ निकै नै चर्चा बटुल्न सफल भईसकेको छ |
चलचित्र जेठ २८ गतेबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउदै छ | चलचित्रमा अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको जोडी हेर्न पाइने छ |

%d bloggers like this: