Sat. May 4th, 2024

अभिनेत्री सुस्मिता केसीले निर्माण एवम निर्देशकिय डेब्यू फिल्म ‘म त तिम्रै हुँ’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको । सार्वजनिक फस्ट लुकमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई फिचर छन्।
ma timrai hu
अहिलेका स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ श्रावण ७ गते रिलिज हुनेछ।
चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले,, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।
फिल्ममा सौरभ लामाको छायांकन,कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलिस बस्नेतको संगीत , कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ ।सुवास थापाको समेत लगानी रहेको यस चलचित्रको कथा स्वंम सुस्मिताको रहेको छ ।

%d bloggers like this: