Sat. May 18th, 2024

kalopothi
भेनिस फिल्म फेस्टिवलमा हुने कृटिक्स च्वाइस अन्तरगत वेष्ट फिल्मको अवार्ड जितेको’कालो पोथी’ले नयाँ ट्रेलर सार्वजनिक गरेको छ। फिल्मको यसअघि नै ट्रेलर सार्वजनिक भएपनि जेठ २१ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको सोमबार एक कार्यक्रमका बिच नयाँ ट्रेलर सार्वजनिक गरिएको हो।| चलचित्रका निर्देशक मिन बहादुर बम हुन् | आज पत्रकारहरु संग कुरा गर्दै चलचित्र निकै नै राम्रो बनेको कुरा निर्देशक बमले प्रस्ट पारेका छन् |चलचित्र निकै नै फरक धारमा बनाइएको कुरा पनि उनले जानकारी दिएका छन् |
kalopothi
 
kalopothi
 
चलचित्र माओवादी द्वन्द कालको बेलाको २ बालकको कथामा आधारित रहेको छ | चलचित्रको धेरै भागहरु मुगु जिल्लामा शूटिंग गरिएको छ | यस चलचित्रमा आफ्नो फरक भूमिका रहेको र काम गर्दा सारै नै रमाइलो भएको कुरा कलाकार बिपिन कार्कीले बताएका छन् |
kalopothi
 
kalopothi
चलचित्रमा खडका राज नेपाली, सुकराज रोकाया, जित बहादुर मल्ल ,बेनिषा हमाल ,खडका ,नन्द प्रशाद खत्री,बिपिन कार्की र प्रविन खतिवडा लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ | चलचित्र यही  जेठ २१ गतेबाट देशभरका थुप्रै हलहरुबाट एकैसाथ प्रदर्शनमा आउदै छ |

%d bloggers like this: