Wed. May 1st, 2024

डेढ वर्ष अघि नै छायाँकन भएर गत बर्ष नै प्रदर्शनको हल्ला चलाईएको फिल्म ‘छेस्को’मा अहिले छैलावैला मच्चिएको छ । पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ती दिएर तथा न्यूड तश्विरका कारण चर्चामा आएकी अर्चना पनेरुलाई निर्माण टिमले फिल्ममा घुसाएपछि खैलाबैला मच्चिएको हो ।
अर्चनालाई फिल्ममा ल्याएर केहि दृश्य पुनः छायाँकन गरेपछि अन्य कलाकारहरुले हात झिकेका छन् । अभिनेत्री पवित्रा आचार्यले आफ्ना सबै दृश्य हटाउन आग्रह गरिन् त्यसपछि अर्की कलाकार राधिका घिमिरेले पनि सबै दृश्य हटाउन आग्रह गरेकी छिन् ।
अर्चना जोडिकै कारण अन्य सानो भुमिकाका कलाकारहरुले समेत आफ्नो दृश्य हटाउन माग गरेको बताईन्छ । श्रोतका अनुसार फिल्ममा अर्चना विल्कुलै थोरै दृश्य र एक गीतमा मात्र देखिनेछिन् । तर निर्माण टिमले अर्चनालाई लिड कलाकार भन्दै उनकै नाङ्गो तश्विर छरेर प्रचार गरिरहेको  छ ।
हाँस्य कलाकार सुरेश थापा निर्देशित फिल्म जेठ २१ मा रिलिज हुने बताईएको छ । फिल्मलाई करण क्रेजीले वितरण गर्दैछन् ।

%d bloggers like this: