Fri. May 3rd, 2024

rajkumar lamichhane
 
करिब दुई दशकदेखि नेपाली संगीतमा कृयाशील गायक तथा संगीतकार राजकुमार लामिछानेको आफ्नो दोश्रो सांगितीक एल्बम मेरो नेपाल लिएर आएका छन । 
जापानको गुन्माकेनमा आयोजित एक बृहत कार्यक्रमका बीच जापानका लागि कार्यवहाक नेपाली राजदुत गहेन्द्र राजभण्डारी,ओईजुमी माची गुन्माकेनका मेयर, नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचन, नमस्ते ब्याण्डका संस्थापक तथा बरिष्ट गायक ईश्वर गुरुङ,चर्चित गायक रामकृष्ण बम मल्ल लगायतका व्यक्तित्वहरुबाट सामूहिकरुपमा बिमोचन गराईएको हो ।
12903626_10209821742566646_476565459_o
एल्बममा राष्ट्रिय भावले ओतप्रोत ६ वटा गीतहरु समावेश गरिएको छ । समाविष्ट ६ वटै गीतमा, लामिछानेको एकल शब्द,संगीत तथा स्वर रहेको छ । यो भन्दा अघि सन २००० मा पहिलो एल्बम बजारमा ल्याईसकेका लामिछानेको यो दोश्रो एल्बम हो ।
12903415_10209821742526645_410947290_oनेपालको राजधानी काठमाडौमा जन्मिएका लामिछाने एक दशक अघिदेखि जापानमा बस्दै आएका छन् । मुलुक बाहिर रहेपनि लामिछानेले नेपाली गीत संगीतको माध्यमबाट नेपाललाई प्रवद्र्धन गरिरहेका छन् ।

%d bloggers like this: