Sat. May 11th, 2024

naresh bhattarai
चर्चित एबं सफल सञ्चारकर्मी नरेश भट्टराई गीतकार समेत हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ, उनले ५० भन्दा बढी सिनेमा तथा एल्बमका लागि थुप्रै गीतहरु लेखेका छ भने धेरै जसो हिट समेत भएका छन ।  यसैबीच नरेशले ‘हाइट’ नामक आफ्नो दोश्रो आधुनिक र फिल्मी गीतहरुको संग्रह सार्वजनिक गरेका छन् ।
बिहिबार उनले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रममा बीच एल्बम सार्वजनिक गरेका हुन् । चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, चर्चित गायक रामकृष्ण ढकाल र चर्चित हास्य कलाकार दीपकराज गिरीले उक्त एल्बम बिमोचन गरे भने कार्यक्रममा थुप्रै सिनेकर्मी, संगीतकर्मी तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।
naresh bhattrai's hight
सार्बजनिक एल्बममा उनका चर्चित आधुनिक गीतहरु ‘तिमी नै हौ’, ‘कति माया’, ‘आफ्नै छाँयाले’, ‘हे माया’, ‘कहिँ कसैले’, ‘मनै तिम्रो बदलिएसी’, ‘तिमी नै हौ प्रिय’, ‘खुशी चाहे खुशी पाएँ’, ‘आइदेऊ अंगालोमा’, ‘आइदेउ अंगालोमा’, ‘भो अब धेरै भो’, ‘जिउन चाहन्छु म’, ‘जल्नु जति’ र ‘जय नेपाल’ बोलका डेढ दर्जन गीत छन् ।
गीतमा स्वरुपराज आचार्य, मिङ्मा शेर्पा, भिषण मुकारुङ, राजु सिंंह, प्रमोद खरेल, रोशन गुरुङ, दीपेशकिशोर भट्टराई, रुपक डोटेल, सञ्जयकिशोर श्रेष्ठ, सुगम पोखरेल, नवीन के भट्टराई र सञ्जय श्रेष्ठको स्वर छ ।गीतहरुमा सत्य स्वरुप, निराजन उप्रेती, राजु सिंह, प्रमोद खरेल, रोशन गुरुङ, बद्री अभिषेक, सुनिल बर्देवा, आलोक श्री, राजनराज शिवाकोटी, राजु सिंह, प्रमोद उपाध्याय र सञ्जय श्रेष्ठको संगीत छ ।
त्यस्तै फिल्मी गीततर्फ ‘बाँध न बाँध मलाई(धुँवा)’, ‘न कुनै बन्धन(द युगदेखि युगसम्म)’, ‘कसले चो¥यो मेरो यो मन(किस्मत)’, ‘उत्तरै बग्ने(मेरो जीवन साथी)’, ‘बशमा छैन यो मन(बशमा छैन यो मन)’, ‘मेरो धड्कन(डन)’, ‘यो मनले छोयो त्यो मन(हलचल)’, ‘सँगै सँगै बाँच्न पाउँ(लेखान्त)’, ‘तिमी मात्र मनको साथी(कवच)’, ‘डुब्दै गएँ म(पुन्टे परेड)‘, ’तिमी मात्र तिमी(तिमी मात्र तिमीं)‘, ’ए हजुर(भगवान सबैको)‘ र ’बदनाम(अलबिदा)‘ गीत छन् ।
naresh bhattrai's birthday
एल्बम बिमोचन कार्यक्रम निकै रमाइलो भएको थियो भने, भट्टराईले जन्मदिनको केक समेत काटिएको थियो । उपस्थित सबैले उनलाई जन्मदिन तथा एल्बम सफलताको शुभकामना दिएका थिए । नरेशले आफु भर्खर १६ बर्षको जवान भएको भन्दै ठट्टा गर्दा निकै हाँसो सुनिएको थियो ।
फोटो: बिनोद पोखरेल

%d bloggers like this: