Tue. Apr 30th, 2024

kina boldinau jiwan luitel
चर्चित अभिनेता जीवन लुईटेल केही समय देखी अमेरिकामा छन, पछिल्लो समय सिनेमा अभिनयमा खासै नदेखिएका जीवन यतिबेला भने एक म्युजिक भिडियोमा देखिएक छन ।
अमेरिकामा नै रही सिनेमा पढिरहेका केहि युवाहरुको समुहले निर्माण गरेको किन बोल्दिनौ बोलको दिनेश शंकरको आवाज रहेको उक्त भिडियोमा जीवन देखिएका हुन् । अमेरिकाकै बिभिन्न स्थानमा खिचिएको भिडियोमा ओम शंकरको रचना रहेको छ भने नेक्सस क्रियसनले उक्त भिडियो तयार परेको हो ।
मोहित मुनालको एरेन्जमा दिनेश शंकरको आफ्नै संगित गीतमा रहेको छ । गीत सुमधुर बनेको छ भने भिडियो पनि आकर्षक छ, भिडियोमा जीवन संगै  कुसुम तिम्सिनाले अभिनय रहेको छ । जीवनकी प्रेमिका कुसुम रिसाएको र जीवनले उनलाई मनाउन गर्ने कसरत भिडियोले देखाउछ ।
भिडियोको निर्देशन भने दिपक गजमेरले गरेका हुन् । भिडियोलाई कासी र दिलानले संयुक्त छायांकन गरेका हुन् भने गोविन घिमिरेको कलर करेक्सन र सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो :

%d bloggers like this: