Fri. May 3rd, 2024

ffmt-press-meet
दिनेश डिसी निर्देशित सिनेमा ‘फुलै फुलको मौसम तिमीलाई’ले सामाजिक अभियानमा समेत हात बढाएको छ । फागुन २१ गते बाट देशभर प्रदर्शन हुने यो सिनेमाले आफ्नो नाफाबाट आउने रकम धादिङको सलाङघाटमा तुईन हटाएर पुल बनाउनको निम्ति सहयोग गर्ने भएको छ  ।
त्यहाका स्कुले बालबालिक जो बिहान र बेलुका जोखिम पूर्ण तुईन चढेर स्कुल जान बाध्य छन, उनीहरुलाई पढ्न लेख्न र राम्रो भविष्य बनाउन सहज रुपमा स्कुल जानका निम्ति त्यहा पुल बनाउन सहयोग गर्न अब्हान गर्दै निर्देशक डिसीले आफैले निर्माण गरेको डकुमेन्ट्री समेत सार्बजनिक गरेका छन । ‘फुलै फुलको मौसम तिमीलाई’ सिनेमा युनिटले सात लाख पचास हजर रुपैयाँ पुल निर्माणको लागि सहयोग गरिसकको छ ।
dhading tuin
मंगलबार एक पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक डिसीले यसबारे जानकारी गराउदै उक्त डकुमेन्ट्री सार्बजनिक गरेका हुन् । उक्त पत्रकार भेटघाट कार्यक्रममा चौधरी ग्रुपका एम डी निर्वाण चौधरी प्रमुख अतिथि रहेका थिए भने नायक आमेश भण्डरी, नायिका नीता ढुंगाना तथा कोरियोग्राफर रामजी लामिछाने पनि उपस्थित थिए ।
निर्वाणले आफुलाई दिनेश डिसीले धादिङको सलाङघाट तुईन चढेर जोखिम मोली स्कुल जाने बालबालिकाको भिडियो डकुमेन्ट्री देखाएको र त्यस स्थानमा तुईन चढी स्कुल जान नपर्ने गरि उनीहरुकै गाउमा नै चौधरी ग्रुपले स्कुल बनाउने उद्घोस गरे । उनले अबको दुई महिनामै स्कुल बनिसक्ने र पुल निर्माणका लागि पनि सम्भावित अध्ययन थालिएको समेत जानकारी गराए ।
सिनेमा निर्माणमा आउने समेत कुरा भईरहेको र सम्भवतः डिसीकै निर्देशनमा बन्ने ‘ज्यामिरे’मा आफ्नो निर्माण रहने तर्फ समेत निर्वाणले संकेत गरे । चौधरी समुहले निकै बर्ष पहिला निर शाह संग मिलेर ‘बासुदेब’ नामक सिनेमा  निर्माण गरेको थियो भने केहि बर्ष पहिला ‘भिजा गर्ल’ नामक सिनेमामा समेत लगानी गरेको थियो ।
हेर्नुहोस धादिङको सलाङघाटमा तुईन हटाएर पुल बनाउने उद्येश्यका लागी बनाईएको डकुमेन्ट्री:

 

%d bloggers like this: