Sat. Apr 20th, 2024

नया पुस्ताका सुपरस्टार अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’को पहिलो अफिसियल ट्रेलर  रिलिज भएको छ । अनमोल पिता भुवन केसी निर्देशित ‘ड्रिम्स’को ट्रेलर बलिउड सिनेमा टक्कर दिने खालको बनेको भनन सकिन्छ ।
अनमोललाई यसपाली दर्शकले एक्सन भूमिकामा त देख्न पाउछन नै संग संगै उनि युवा बिजनेस म्यानको भूमिकामा रहेको ट्रेलर बाट प्रष्ट हुन्छ । अनमोल संगै यो सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्ध्या केसीको अभिनय रहेको छ । ट्रेलर आकर्षक बनाउन निकै मेहेनत गरिएको छ भने अनमोल र सम्राज्ञीलाई निकै फरक ढंगबाट प्रस्तुत गरिएको छ, आकर्षक लोकेशनहरुमा खिचिएको सिनेमाको गीत समेत उत्कृष्ट बनेको छ ।
सोमबार राजधानीको सिने डी सेफमा एक प्रेसमिटको आयोजना गरि ‘ड्रिम्स’को ट्रेलर तथा एक गीत सार्बजनिक गरिएको हो । उक्त कार्यक्रममा सिनेमा युनिट, अन्य सिनेकर्मिहरु तथा संचारकर्मीको उपस्थिति रहेको थियो । ट्रेलर तथा गीत हेरिसकेपछी सबैले तारिफ गरेका थिए ।dreams
आफुले फरक र अरुको भन्दा राम्रो भन्दा पनि  अन्तरास्ट्रिय स्थरको सिनेमा दिने प्रयास गरेको र सोहीअनुसारको सिनेमा बनेको निर्देशक तथा अभिनेता भुवन केसीले बताए । उता अनमोलले आफ्नो फ्यान र दर्शकले ‘ड्रिम्स’ मार्फत आफुलाई एक्सन र बिजनेस म्यानको रुपमा देख्न पाउने र अघिल्ला दुई सिनेमा भन्दा फरक कम गर्ने कोसिस गरेको बताए ।
फागुन २१ गते प्रर्दशनमा आउने यो सिनेमामा दिवाकर भट्टराई एसोसियट निर्देशकका रुपमा रहेका छन ।सोहि मितिमा दिनेश डिसी निर्देशित लभस्टोरी जनारामा बनेको  ‘फुलै फुलको मौसम तिमीलाई’ पनि  रिलिज हुँदैछ – ड्रिम्स’ मा  सामिप्यराज तिमल्सिनाको कथा  पुरुषोत्तम प्रधान र संजय लामाको छयांकन, हर्कुलस बस्नेत र बिशेष/रोडितको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको एक्सन  र कविराजको कोरियोग्राफी रहेको छ ।

%d bloggers like this: