Sun. Apr 28th, 2024

चलचित्र “बिच बाटो”को गित “सेल्फीको जमाना” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ऋषि न्यौपानेको निर्देशन गरेको चलचित्रलाई राजेश शाहीले निमार्ण गरेका हुन । 124
सार्वजनिक भिडियोमा  सुशिल क्षेत्री जस्मीन श्रेष्ठ, सुरज प्रजापतिको अभिनय रहेको छ ।  टिका प्रसाई र सुजन तिगेलाको स्वर रहेको छ भने गितलाई  दयाराम पाण्डेले लेखेका हुन र बिकास चौधरीले संगित भरेका हुन् ।नृत्य निर्देशक कबिराज गहतराज रहेको यो गीत अहिलेको निकै चर्चित भैरहेको सेल्फीलाई आधार बनाएर “सेल्फीको जमाना”  भन्नेर गीत तयार पारीएको छ ।
चलचित्र “बिच बाटो” केही समयअघि चितवन तथा नवलपरासीमा छायाकन गरिएको थियो ।  यतिबेला चलचित्रको सम्पादनको काम सकिएर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको पहिलो गित समय अनुसार सुहाउँदो भएकोले धरैले मन पार्ने अपेक्षा गरिएको छ ।
https://youtu.be/KTUyEqUyvto

%d bloggers like this: