Thu. Mar 28th, 2024

चलचित्र ‘गोरे’का एल्बम सार्वजनिक गरिएको छ । राजधानिको महाराजगन्जमा आयोजित एक अनौपचारिक कार्यक्रमा फिल्मको एल्बम सार्वजनिक गरिएको हो ।निर्देशक ओम प्रतिक गुरुङ र पत्रकार सानु काजी महर्जनका साथमा संगीतकार, गीतकार र गायक गायिकाले संयुक्त रुपमा अडियो बिमोचन गरेका थिए ।चलचित्रका गीतमा नित्या शिवा , ऐनि श्रेष्ठ ,जुना प्रसाई ,  रन्जित कुमार सहनी , डेबिड शंकर र बिकाश चौधरीको आवाज रहेको छ ।
Gore-Audio
कार्यक्रममा संगीतकार बिकाश चौधरी र गीतकार शंकर अधिकारी घायलले गीतका बारेमा जानकारी गराएका थिए ।सुर्य जिसिको प्रस्तुति चलचित्र गोरेलाई रुपा जिसिले निर्माण गरेकी हुन् । चलचित्रमा दिलिप रायमाझी , अनु शाह , राकेश कुमार राइ , अभिषेक गिरी , बिमला गिरी , सुरबिर पण्डित , माधव पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाइ हरिनारायण चौधरीले खिचेका हुन् भने द्धन्द निर्देशन प्रदिप खड्काले गरेका छन् ।  चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।

%d bloggers like this: