Fri. Apr 26th, 2024

 

अभिनेता अनमोल केसीले पाँचतारे होटल फुलबारीको जिम्मा  लिएका छन् । निर्माणाधिन फिल्म ‘ड्रिम्स’मा उनी होटल फुलबारीको संचालकको भुमिकामा देखिँदैछन् । त्यहि फिल्मको छायाँकन फुलबारी रिसोर्टमा चलिरहेको छ । फिल्मलाई अनमोलकै बुवा तथा अभिनेता भुवन केसीले निर्माण तथा निर्देशन गर्दैछन् ।

 

‘फिल्ममा अनमोल एउटा धनी परिवारको युवक हुन्छ  र एउटा दुर्घटनामा उसको बुवाआमाको दुर्घटनामा निधन हुन्छ । त्यसपछि उसको बुवाले सँचालन गरेको व्यवसाय चलाउने जिम्मा अनमोलको पोल्टामा पर्छ ।’ अभिनेता भुवन केसीले दृश्यको बारेमा बताए । एक महिना अगाडि देखि फ्लोरमा रहेको फिल्म यसअघि जोमसोम, उपल्लो मुस्ताङमा छायाँकन भएको थियो । पोखरामा अझै केहि दिन फिल्मको छायाँकन हुनेछ । र, बाँकी केहि दृश्य काठमाण्डौमा पनि छायाँकन हुने भुवनले जानकारी दिए ।

 

पहिलोचोटी निर्देशन गरिरहेका भुवन फिल्मलाई लिएर निकै उत्साहित छन् । ‘फिल्ममा कुनै कुरामा पनि हामीले सम्झौता गरेका छैनौँ’, उनले भने–‘फिल्म निकै उत्कृष्ट बन्नेछ ।’ नेपालबाट विश्वस्तरमा प्रतिनीधित्व गर्ने गरि फिल्म निर्माण भैरहेको उनले सुनाए । फिल्म प्रदर्शनमा आईसक्दासम्म करिब १ करोड रुपैयाँ खर्च हुने उनको अनुमान छ । ६ महिनापछि प्रदर्शन गर्ने फिल्मलाई अँग्रेजी सबटाईटलमा पनि डबिङ गरेर विश्वभर एकसाथ प्रदर्शन गरिने उनले बताए ।

 

फिल्ममा अनमोलसँगै साम्राज्ञलक्ष्मी शाह र सन्ध्या केसी फिल्ममा देखिँदैछन् । पुरुषोत्तम प्रधान फिल्मका छायाँकार हुन् । फिल्मको पटकथा तथा संवाद सामिप्य तिमल्सिनाले लेखेका हुन् ।


%d bloggers like this: