Thu. Mar 28th, 2024

सलमान खानले ज्याकलिन फर्नान्डिजलाई ‘किक’को सिक्वेलबाट बाहिर निकालेका छन् । दुबईमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सलमानले किकको सिक्वेल बन्ने तर त्यसमा ज्याकलिन नरहने जानकारी गराएका हुन् । ‘साजिद र म फेरि काम गर्दैछौं ।   सिक्वेल ढिलो चाँडो बन्छ । तर त्यसमा ज्याकलिन हुन्नन् । उनलाई किक आउट गरिएको छ । अरु कोही खोज्छौं,’ सलमानले पत्रकार सम्मेलनमा भनेका छन् ।
हिट फिल्मको खोजीमा रहेकी ज्याकलिनलाई सलमानले ‘किक’मा सिफारिश गरेर स्टार बनाएका थिए । तर पछिल्लो समय सलमान र ज्याकलिनको सम्बन्ध चिसिएपछि सलमानले ज्याकलिनलाई ‘किक’को सिक्वेलबाट हटाएका हुन् । खासगरी ‘हिट एण्ड रन केस’ पछि सारा बलिउडले सलमान प्रति सहानुभूति जनाउँदा ज्याकलिनले सलमानको दुःखमा एक शब्द नबोलेपछि सलमान रिसाएका थिए ।
सलमानले किक मात्र होइन सलमानकै निर्माण रहेको फिल्म ‘हिरो’ को एक गीतबाट हटाएका छन् । सो फिल्ममा ज्याकलिनले एउटा आइटम गीत गर्ने पक्का थियो तर फिल्म पनि लामो भईरहेको र ज्यालिनसँगको सम्बन्ध पनि बिग्रिएका कारण सलमानले गीतै फिल्मबाट हटाईदिएका छन् ।

%d bloggers like this: