Thu. May 2nd, 2024
हलिउडको चर्चित चलचित्र ‘जुरासिक पार्क’को नयाँ सिरिज ‘जुरासिक वर्ल्ड’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । नयाँ पोष्टरमा ब्रायस होवार्डका पात्र क्लेयर डियरिङ्गलाई शीसाको एक ठूलो झ्यालको अगाडि इडोमाइनस रेक्ससँग देखाइएको छ । चलचित्रका निर्देशक कोलिन ट्रेवोरोले अनलाईनमा उक्त पोष्टर सेयर गरेका हुन् । चलचित्र ‘जुरासिक वर्ल्ड’को एक क्लिपमा क्रिस प्याट र ब्रायसको सम्बन्धको झलक देखाइएको छ । यसमा यी दुई एक-अर्कासँग रमाईलो र ठट्टा गरिरहेको देखिन्छ । ‘जुरासिक वर्ल्ड’ मा ब्रायस, क्रिस, जेक जोनसन, टी सिन्पकिन्स, जुडी ग्रीर, इरफान खान र उर सायको भूमिका देख्न पाइने छ । यो चलचित्रमा ‘जुरासिक पार्क’को घटानाहरूको २२ वर्षपछिको साइन्स फिक्सन एडभेन्चर देखाइएको बताइएको छ । ‘जुरासिक वर्ल्ड’ १२ जुनमा रिलिज हुनेछ ।
%d bloggers like this: