नेपाली कलाकार सुनिल थापाले अभिनय गरेको बलिउड चलचित्र मेरी कोमले सर्वश्रेष्ठ चलचित्रको उपाधि जितेको छ । स्टाकहोम अन्तर्राष्ट्रीय चलचित्र महोत्सवमा मेरी कोमले सोमबार सर्वश्रेष्ठ चलचित्रको उपाधि पाएको हो । प्रियंका चोपडा र सुनिल थापा,डेनी डेङ्जोङ्पा तथा दर्शन कुमारको मुख्य भुमिका रहेको चलचित्रलाई ओमंग कुमारले निर्देशन गरेका हुन् । स्वीडेनको स्टकहोममा भएको अन्तर्राष्ट्रीय चलचित्र महोत्सवलाई जूनियर सर्वश्रेष्ठ चलचित्रको नाम समेत दिइएको छ । ओलम्पिक स्वर्ण पदक विजेता बक्सिङ खेलाडी मेरी कोमको जिवनीमा आधारित चलचित्र मेरी कोमले भारतमा समेत आधा दर्जन उपाधि पाइसकेको छ । उपाधि पाएपछि मेरी कोमलाई स्वीडेनमा समेत प्रदर्शन गरिने भएको भन्दै चलचित्रका निर्देशकले उपाधिपछि आफुहरु थप उत्साहित भएको प्रतिक्रिया दिएका छन् । चलचित्रमा नायिका प्रियंका चोपडाले मेरी कोमको भूमिका निर्वाह गरेकी छिन् भने सुनिल थापा उनको प्रशिक्षकको भूमिकामा प्रस्तुत भएका छन्।
सुनिल थापाको चलचित्रलाई सर्वश्रेष्ठ चलचित्रको उपाधि
Byadmin
Apr 22, 2015Related Post
अनमोलको ‘फर्की फर्की’को विदेशमा उच्च डिमाण्ड
Apr 24, 2024
‘डिग्री माइला’ले एक हप्तामा कमायो ५ करोड ५ लाख ग्रस
Apr 19, 2024