Thu. Apr 25th, 2024

janma-bhumi-2
बैशाख ११ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र  ‘जन्मभूमि’ एक हप्ता पर धकलिदैं बैशाख १८ गते पुगेको छ । केहि प्राविधिक कारणले गर्दा चलचित्रको प्रदर्शन मिति एकसाता पर सारिएको चलचित्रका लेखक तथा निर्देशक मोहन निरौलाले जानकारी दिए । चलचित्रमा राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश पोखिएका छन । चलचित्र फिल्ममा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । त्यस्तै विश्वकै कान्छा निर्देशक सौगात विष्ट बालकलाकार तथा जेवीका कार्की र अग्रीम गीरी नव कलाकारको रुपमा रहेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मको कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । अम्बिका गिरीको प्रस्तुतिमा बनेको फिल्ममा सुरज गिरीको लगानी छ । फिल्म आउदो बैशाख ११ गतेका दिन लोकतन्त्र दिवसको अवसरमा प्रदर्शन हुनेछ ।

%d bloggers like this: