Sat. Apr 20th, 2024

aanuskaआईपीएलमा रोयलच्यालेञ्जर्स बैंग्लोरले मिश्रित सुरुवात गरेको छ । पहिलो खेलमा क्रिस गेलको ब्याट चलेपछि साविकको विजेता कोलकत्ता नाइट राईडर्सलाई उसकै घरमा पुगेर निरास बनाएको बैंग्लोर दोस्रो खेलमा आफ्नै घरमा सनराईजर्स हैदरावादसँग हार्न पुग्यो । टिमले मिश्रित नतिजा ल्याउँदा कप्तान विराट कोहलीको प्रेमले भने पूरा सफलता हासिल गरिएको छ । उनकी प्रेमिका अनुष्का शर्मा दुबै म्याचमा विराटलाई चियर्स गर्न मैदानमै पुगिन् । अप्रिल ८ बाट सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा अनुष्काले विशेष प्रस्तुति दिएकी थिइन्।यसैबीच विराटले विश्वकपको सेमिफाइनल हारमा जनाइएका प्रतिक्रियाप्रति आक्रोश पोखेका थिए। ‘सतक प्रहार गर्दा कसैले त्यसको श्रेय अनुष्कालाई नदिने तर नराम्रो खेल्दा दोषजति किन उनलाई दिन्छन्‘ विराटको तर्क थियो। बसमा सामान्यतया टिमका खेलाडी र टिम ब्यस्थापनमात्रै सवार हुन्छन् । विराटले प्रेमिकालाई नै बसमा लिएर हिँड्न थालेपछि सामाजिक सञ्जालहरुमा यसले खुबै चर्चा पाएको छ । जसमा विराट कप्तान रहेको रोयल च्यालेन्जर्स बैंगलोरको बसमा यो जोडी सँगै बसेको छ।

%d bloggers like this: