Sat. May 4th, 2024

 केहि दिन अगाडी मात्र नेपालमा चलचित्र ‘वडा नम्बर ६’ लाई फिल्म वितरक कम्पनी एफडीले काठमाण्डौ बाहिरबाट ३५ लाखको ‘मिनिमय ग्यारेन्टी’ दिएको केहि दिन नवित्दैं सोहि चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । केहि कामको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले चलचित्रको अष्ट्रेलिया अधिकार विक्री गरेको औपचारिक जानकारी दिएका छन् ।

deepak-and-priyanak

एनआरएन इभेन्ट्स नामक संस्थाले यो चलचित्रको अधिकार किनेको हो ।  चलचित्रका तर्फबाट निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौला र एनआरएन इभेन्ट्सका तर्फबाट अध्यक्ष खिलेन्द्र तिमिल्सिनाले  दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्राप्त खबर अनुसार उक्त फिल्म १५ लाखमा अष्ट्रेलियामा विक्रि भएको छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिनेछिन् ।

%d bloggers like this: