Sat. May 18th, 2024

निर्देशक बेदप्रसाद भुर्तलको निर्देशनमा ‘मनसा’ नामक चलचित्र निर्माण हुने भएको छ । चाडैं नै छायांकन सुरु हुने भनिएको यस चलचित्रको वुधबारबाट गीत रेकडिङ सुरु गरिएको निर्देशक भुर्तलले जानकारी दिए । चलचित्रको पहिलो गीत बिनोद ढकालको स्वरमा रेकडिङ गरिएको छ । एभरेष्ट इन्टरटेमेन्ट र आरुसी फिल्मस्को संयुक्त प्रस्तुतिमा बन्ने यो चलचित्रमा प्रतिभा खड्का र कमल खड्कोको लगानी रहने छ ।

anasa

यो चलचित्रमा संगीत तथा पटकथा किरण माइकलको रहेको छ भने माइकलसगैं बिनोद ढकालको पनि यस चलचित्रमा संगीत रहने छ । काठमाडौ , पाल्पा, मुस्ताङ ,मनाङलगायत स्थानमा चलचित्रको छायाङकन हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा प्रज्वल गिरी , दीपक कडेल ,राजिव थापा, सक्ती पाख्रिन ,शंकर बिस्वकर्मा , आरुसी खड्का, नमीता भण्डारी,सुमन श्रेष्ठ, दिनेश जङ खड्कालगायतको अभिनय रहने छ ।

%d bloggers like this: