Thu. Apr 25th, 2024

नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिसकेको फिल्म सपना तिम्रो मेरोको टाइटल गीत सार्वजनिक गरिएको छ । सपना तिम्रो मेरो बोलको गीतमा दुर्गा खरेल र सान्तिम कोइरालाको स्वर,ऋषिराज आचार्यको शब्द,अर्जुन पोखरेलको संगीत,गम्भिर विष्टको नृत्य निर्देशन रहेको छ । सविन श्रेष्ठ, सुशान्त कार्की र जान्वी बोहरा सार्वजनिक गीतमा देखिएका छन् ।

SAPANA-TIMRO-MERO

आरबी म्यूजिकले आफ्नो ब्यानरमा निर्माण गरेको यस फिल्ममा सविन श्रेष्ठ, सुशान्त कार्की, अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुमन श्रेष्ठ, रविन मगरका साथमा नयाँ कलाकार जान्वी बोहराले प्रमुख भूमिकामा रहेको छ ।  दुई यूवक र एक यूवतीको प्रेमलाई फिल्मले देखाउन खोजेको यस फिल्मको काठमाण्डौ, पर्यटकिय क्षेत्र जिरी, पोखरा, चरिकोट लगायतका ठाउँहरूमा छायांकन गरिएको छ ।

%d bloggers like this: