Fri. Apr 26th, 2024

बुधवार मात्र सार्वजनिक गरिएको चलचित्र ‘भूल भुलैया’को ट्रेलरले अमेरिकामा शो हुने भएको छ । अमेरिकामा रहेका निर्माता क्रिस रिजालले यसको शो गर्न लागेको जानकारी निर्देशक योगेश घिमिरेले  दिएका छन् । सार्वजनिक ट्रेलर हेरेपछि क्रिस रिजालले चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागेको जानकारी दिदैं निर्देशक घिमिरेले अन्य देशहरुबाटपनि यस्तो असफल आएको जानकारी दिए । तर अमेरिकामा भने चलचित्रको प्रदर्शन मिति तय भएको छ । चलचित्रको विशेष शो मार्च २८ मा अमेरिकाको वासिङ्टनमा गर्न लागिएको हो ।

neeta

बुधवार सार्वजनिक भएको ट्रेलर हेरेपछि नेपाली दर्शकमा पनि चलचित्रप्रति अझ भेरै उत्सुकता जागेको निर्देशक घिमिरेले जानकारी दिए । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ । चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् । चलचित्रमा शिवम अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई डिजिटल प्रविधीको भरपुर प्रयोग गरेर तयार पारिएको निर्देशक योगेश घिमिरेको भनाई छ ।

%d bloggers like this: