Thu. Apr 25th, 2024

मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेको प्रदर्शन मिति नजिकदै र्गा चलचित्र युनिटले यति बेला चलचित्रकोप्रचार प्रसारलाई तिव्रता दिएको छ । त्यहि क्रममा चलचित्र युनिटले आज ‘दुखियाको दुःखी कर्म’ बोलको अडियो गीत युटुब मार्फत रिलिज गरेको छ । सार्वजनिक उक्त अडियोमा विभिन्न रमाइला र मन छुने तस्बिरलाई राखिएको छ ।

shree5ambareसार्वजनिक गरिएको अडियो गीतमा कालिप्रसाद बाँस्कोटाको शब्द तथा संगीत र सनुप पौडेलको स्वर छ । यसको ओर्जिनल भिडियो भने चलचित्र हलमै गएर हेर्नु पर्ने बताइएको छ । निर्देशन दिपा बस्नेत आफ्नो काखे छोरो बोकेर सुटिङ स्थलमा पुगेको दश्य पनि सार्वजनिक अडियोमा हेर्न सकिन्छ । अन्तराल जस्तो सफल चलचित्र निर्देशन रेकी निर्देशक दिपा बस्नेतले चलचित्रलाई निर्देशन गरेकी हुन् । जीवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्म ‘श्री ५ अम्बरे’ मा अभिनेता सौगात मल्ल शिर्ष भूमिकामा देखिएका छन् । साथमा केकी अधिकारी, प्रियंका कार्की, विक्रम सिंह, सृजना अधिकारीको अभिनय छ ।

अडियो गीत हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=5GHhrVHxkKg#sthash.WxIZHwGT.dpuf

%d bloggers like this: