Sat. Apr 20th, 2024

नेपाली चलचित्रनगरीमा निकै बाठी नायिकाको रुपमा परिचित रेखा थापा आफ्नो फिल्म जसरी भएपनि चर्चित बनाउनका लागी कुनै पनि कसरत बाँकी राख्दिनन् । त्यसैले पनि अहिले सम्म अभिनय गरेका प्राय चलचित्रहरु रेखाका फ्ल्प पनि छैनन् । तर कहिले काहि आफु धेरै बाठो हुदा दुख पनि पाइन्छ भन्ने कुरा सबैलाई थाहा नै छ त्यहि भयो रेखालाई पनि । हिम्मतवाली प्रदर्शनमा आउन अगाडी निकै हौसिएकी रेखा जब असोज १५ गते चलचित्र हिम्मतवाली रिलिज भयो तब देखी रेखालाई तनाब नै तनाब भयो । किन भने रेखाको फिल्म मंगलबार पारेर रिलिज भएको थियो ।

Rekha-Thapa-is-US-America-Nepali-Chalchitra-10चलचित्र शुक्रबार मात्र रिलिज गर्न पाइन्छ किनभने शुक्रबार र शनिबार विदाका दिन भएका कारण उक्त दिनलाई लक्षित गरेर मात्र चलचित्र प्रदर्शन गर्न पाउने व्यबस्था भए पनि रेखाको बाठोपनले उनको चलचित्र मंगलबार प्रदर्शनमा आयो र सुरु भयो महाभारत । त्यसैले निर्माता संघको निती विपरित फिल्म प्रदर्शन गरेको भन्दै संघले अभिनेत्री रेखा थापालाई कार्वाही गरेको छ । रेखालाई संघको साधारण सदस्यबाट निस्कासन गरिएको छ । तर रेखा आफु कसै सगँ पनि नडराउने भन्दै चलचित्र प्रदर्शन गराइरहेकेकी छिन् हेरै अब भोलीका दिनमा रेखालाई कस्तो कार्वाही हुन्छ ? जब चलचित्र हिम्मतवाली प्रदर्शनमा रोक लगाइने कुरा चल्यो तब देखी अहिले धेरै हलहरुमा चलचित्र हिम्मतवाली प्रदर्शनमा आएका छैनन् । तर पनि चलचित्र हिम्मतवालीले १ करोड भन्दा माथिको व्यापार गरेको बताइएको छ । चलचित्रलाई रेखा थापा आफैले नै निर्देशन गरेकी हुन् भने चलचित्रमा दुवै हात नभएका सुदर्शन गैतम र रेखा थापाको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: