Fri. Apr 19th, 2024

aajhai paniफाल्गुन १५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अझै पनिको पहिलो गीत रिलिज भएको छ । ‘प्रेम दिवस’ नामक गीतको बोलमा सन्जिब थापाको शब्द तथा स्वर र संगीत हरि लम्सालको रहेको छ । जुन गीतको अभिनयमा सुदर्शन र नायिका पुजा शर्माको माया प्रेमलाई देखाउन खोजिएको छ । सामाजिक प्रेम कहानीमा आधारित चलचित्र अझै पनिलाई सुदर्शन थापा प्रोडक्सन र पुनम गौतमको ब्यानर पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । चलचित्र ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्त,विजय लामा, बिशाल ढूङ्गाना, रामशरण पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरुको मख्य भुमिका चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई निर्देशक आलोक नेम्वाङले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=XFnlgw5iWAM

%d bloggers like this: