Thu. Apr 25th, 2024

नेपाली समाजमा अझैपनि तेश्रो लिङ्गी व्यक्तिहरु अर्थात तेश्रो लिङ्गी महिलाहरुलाई नराम्रो नजरले हेर्ने गरिन्छ । तर नेपाली समाजमा यस्ता तेश्रो लिङ्गी पनि छन् जो नेपाली समाजलाई एउटा उदारण दिन सकेका छन् । त्यहि भिडकी एक पात्र हुन् अन्जली लामा । उनी तेश्रो लिङ्गी हुन् तर उनी आफु लिंग परिवर्तन गराएर एक सक्षम र सुपरमोडल बन्ने चाहाना रहेको बताएकी छिन् । तेश्रो लिङ्गी अन्जली लामाको बिषयमा संचारकर्मी मोहन राइले तयार पारेको यो बृत्तचित्रको काठमाडौंमा रहेको कुमारी हलमा प्रिमियर गराइएको छ ।

birनुवाकोटको काउले गाउँमा नवीनकुमार वाइबाको नाममा हुर्केकी अञ्जलीले महिला बनाउन बक्षस्थलको सर्जरी गरिसकेकी बताएकी छिन् । करिब ३६ मिनेट लामो बृत्तचित्रमा अन्जलीको संघर्ष, समाजको उनीप्रतिको धारणालाई लाई वृतचित्रमा देखाउन खोजिएको छ । उनले नेपालमा तेस्रोलिंगी मोडलका रूपमा स्थापित भएर थुप्रै फेसन शोहरूमा क्याटवाक गरेकी छिन् । अञ्जलीका अनुसार पुरुष योनाङ्गलाई महिलामा परिवर्तन गर्न दश हजार बढी डलरको आवश्यकता पर्ने अञ्जलीले उक्त कार्यक्रममा बताएकी छिन् । तिन बर्ष लाएर तयार पारिएको डकुमेन्ट्री हेर्न विभिन्न तहतप्काका व्यक्तिहरु उपस्थित भएका थिए । ‘अञ्जली’ को प्रिमियर नर्वेजियन एम्वेसी, ब्लुडायमण्ड सोसाइटी, मिडल वे फिल्मस् र माउन्टेन रिभर फिल्मस्को सहकार्यमा सम्पन्न भएको थियो

%d bloggers like this: