Tue. Mar 21st, 2023

बरिष्ठ साहित्यकार कृष्ण धराबासीको मदन पुरस्कार समेत पाउन सफल पुस्तक झोलामा आधारित भएर निर्माण भएको चलचित्र झोलाले नेपाली चलचित्रमा एउटा ठुलो बाढि नै ल्यायो जसले गर्दा अहिले नेपाली साहित्यकारहरुले लेखेका चर्चित पुस्तक माथि चलचित्र निर्माण हुने क्रम बढ्दै गएको छ । सति प्रथामा आधारित भएर निर्माण भएको चलचित्र झोलाले सार्क फिल्म फेष्टिबलबाट समेत सर्वेत्कृष्ट नायिकाको अवार्ड हात पारेपछि यति बेला विभिन्न सामाजिक कु-प्रथामा आधारित भएर चलचित्रहरु निर्माण हुने क्रम बढ्दै गएको छ । त्यहि क्रममा अब चलचित्र रक्तभोग निर्माण हुने भएको छ ।

sarikaसमाजमा घटेका अनेक प्रकारका घटनाहरु मध्य जल्दो बल्दो समस्याका रुपमा रहेको महिला हिंसा सगँ सम्बन्धित विषयहरुलाई लिएर चलचित्र रक्तभोग निर्माण हुने भएको छ । महिला हिंसा अन्तरगत समाजमा व्याप्त बोक्सी कुप्रथा विरुद्ध चलचित्र रक्तभोग निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ । के.आ.फिल्मस एण्ड इन्टरटेन्मेन्टले विशुद्ध समाजिक कथामा बनाउन लागेको यस चलचित्र बोक्सी कुप्रथा र महिलालाई बोक्सीको रुपमा हेरिने नजर र त्यसले समाजमा निम्त्याउने प्रभावका विषयमा चलचित्रको कथावस्तु केन्द्रित रहने छ ।

unnamedयस चलचित्रमा सारिका घिमिरे,ज्योति सापकोटा,कृष्णराज तिवारी,शैलेश पौडेल,रामचन्द्र लम्साल,रचना पौडेल मुख्य भुमिकामा देखिने भएका छन् । चलचित्र रक्तभोगको सुटिङ्ग असोज ५ गते देखी चितवन माडीमा सुरु हुने कुरा यस चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले जानकारी दिएका छन् । यस चलचित्रका अर्का निर्माता रामचन्द्र लम्साल हुन् । यस चलचित्रलाई वि.वी. फुयालले निर्देशन गर्नेछन् भने यस चलचित्रमा पवन गौतमको छायंकन रहेने छ । चलचित्रको कुल निर्माण खर्च ५० लाख रहेको निर्माण पक्षले बताएको छ ।