Fri. Apr 26th, 2024

चलचित्र पत्रकारितामा कलम चलाउने पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको आयोजना तथा मकवानपुर शाखाको संयोजनमा (शुक्रबार) देखि हेटौडामा चलचित्र पत्रकारिता कार्यशाला शुरु भएको छ । आज कार्यशालाको उद्घाटन गर्दै पत्रकार संघका सस्थापंक अध्यक्ष भरत शाक्य,बर्तमान अध्यक्ष शान्तिप्रिय,मकवानपुर शाखा अध्यक्ष रामशरण दुलाल र चितवन शाखा अध्यक्ष रबी अधिकारीले सामुहिक रुपमा कार्यशाला गोष्ठीको उद्घाटन गरेका थिए । संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामामा आयोजित कार्यक्रममा मकवानपुर शाखा अध्यक्ष रामशरण दुलालले स्वागत मन्तब्य राखेका थिए ।

udghatanत्यस्तै नेपाल पत्रकार महा संघ पूर्व केन्द्रीय सदस्य प्रताप बिष्ट,निर्देशक मोहन निरौला,सस्थापक अध्यक्ष भरत शाक्य लगायतले कार्यशालाको सफलताको लागि शुभकामना दिएका छन् ।शुक्रबार र शनिबार चल्ने कार्यशालामा पत्रकारहरुले वर्तमान अवस्थामा चलिरहेको फिल्म पत्रकारिता र त्यस संग सम्बन्धीत भएर आईपरेका समस्या, सुधार गर्नुपर्ने पक्ष र भबिष्यको फिल्म पत्रकारितामा माथि बहस हुने चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले बताए । कार्यशाला हेटौंडामा रहेको पल्पसा सभा हलमा चल्ने छ । उक्त कार्यशालामा करिब ४० जना चलचित्र पत्रकारहरुको सहभागीता रहेको छ ।

%d bloggers like this: