Fri. Apr 19th, 2024

केहि दिन अगाडी हिन्दूवादी गीत नगाउने भन्दै कमलादीमा रहेको मालाश्री रेकर्डिङ स्टुडियोबाट निस्किए सगै उनी विरुद्ध विभिन्न सामाजिक सञ्जाल देखी विभिन्न माध्यमबाट उनको विरोध चर्को रुपमा हुन थालेको छ । हिन्दूहरुको अपमान गरेको भन्दै अञ्जुका अहिले सम्म बजारमा आएका हरेक गीतहरु प्रतिबन्ध समेत लगाउन धेरैले माग गर्दै आएका छन् । अहिले सम्मको अन्तरालमा करिब ३ हजार भन्दा बढि गीतहरु गाइसकेकी अञ्जुले हिन्दूहरुलाई अपमान गर्ने हिसाबले नबोलेको पनि स्पष्टिकरण दिदै आएकी छिन् । एक अन्तरर्वार्तामा अञ्जुले रुदै आफुले कुनै पनि धर्मलाई अपमान गर्न नखोजेको बताएपनि अझ सम्म पनि उनको बारेमा आलोचना घट्न सकेको छैन् ।

anju-panta-image-322a729e6b27de203e6827af34e263a5a5ee8e89d8समाजिक सञ्जाल देखी विभिन्न माध्यमहरुबाट अञ्जुका गीतलाई प्रतिबन्ध र अञ्जुलाई विभिन्न कुरा लेखेको देख्दा सायद यो सजिलै अनुमान लगाउन सकिन्छ कि अबको अञ्जुको बाटो सहज भने पक्कै छैन् । यदि उनका गीतहरु प्रतिबन्ध लगाए अञ्जुको भोलीको भविष्य निकै दर्दनाक देखिन्छ । यदि यो हुन सकेन भने पनि दर्शक,स्रोताको नजरमा भने अञ्जुको कुनै मोल नरहन पनि सक्छ । यसरी हिन्दूहरुको अपमान गरेको खबरले नेपालमा बसेका नेपालीहरु मात्र होइन विदेशमा बसेका नेपालीहरुले पनि अञ्जुका गीत अब देखी नसन्ने भन्दै समाजिक सञ्जालमा पोष्ट गरेको देख्न सकिन्छ । अहिले अञ्जुका फोटोहरुमा विभिन्न अस्लिन तस्विरहरु राखि सार्वजनिक गर्ने गरेका समेत छन्,यसलाई साइबर क्राइम भनिन्छ तर यस विषयमा न अञ्जुले केहि बोलेकी छिन् नत प्रहरीले नै यस विषयलाई गम्भिर रुपमा हेरेको छ । यस्तो चर्को आलोचना खपिरहेकी अञ्जुको भोलीको बाटो भने निकै दर्दनाक देखिन्छ ।

%d bloggers like this: