Wed. Apr 24th, 2024

sabin-susant-and-janwiआर.बी म्यूजिकको प्रस्तुतीमा चलचित्र सपना तिम्रो मेरो’ निर्माण हुने भएको छ । आज काठमाडौंको भद्रकाली मन्दिरमा चलचित्रको शुभमुर्हत गरिएको छ । शुभमुर्हत सगै आज देखी नै चलचित्र युनिट छायंकनमा लाग्ने पनि चलचित्रका निर्देशक ऋषीराज आचार्यले मनोरञ्जन संसारडटकमलाई बताएका छन् । चलचित्रलाई संविधानविद् भिमार्जुन आचार्यले शुभसाइत गरेका थिए । सविन श्रेष्ठ, सुशान्त कार्की, अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुमन श्रेष्ठ, रविन मगर,जान्वी बोहरा लगायतका कलाकारहरुको चलचित्रमा मुख्य भुमिका रहने छ । चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई बोक्ने निर्देशक आचार्यले बताए । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, सम्राट बस्नेतको एक्सन, गम्भिर बिष्टको नृत्य रहनेछ । चलचित्रले २५ दिनमा नै छायंकन सक्ने बताएको छ भने चलचित्रको छायंकन काठमाण्डौ, जिरी, पोखरा, चरिकोट आसपासमा हुने चलचित्र युनिटले बताएको छ ।

%d bloggers like this: