Fri. Mar 29th, 2024

मोडल ग्लोबल भिजाज् कन्सल्टेन्सीद्धारा आयोजित ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को ताज काठमाडौंकी निशा पाठकलेले जितेकी छिन् । काठमाडौंमा भएको कार्यक्रममा निशाले २ लाख नगद पुरस्कार सहित  ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को ताज जित्न सफल भएकी हुन् ।  २३ जनालाई पतिस्पर्धीलाई उछिन्दै निशा ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’ बनेकी हुन् ।  10636042_1505969809650345_6078830401815381149_nयस्तै, प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधी सुस्मिता रेग्मीले जितिन् । उनले नगद ६० हजार र ट्रफी प्राप्त गरेकी छिन् । यस्तै सेकेन्ड रनरअप अर्चना पन्थीले नगद ३० हजार र ट्रफी प्राप्त गरिन् । अर्चना पन्थीले सेकेन्ड रनरअपको उपाधिसँहित ३० हजार रुपैयाँ प्राप्त गरिन् । उनले मिस इन्टेलिजेन्टको उपाधि पनि जितिन् । मिस पपुलर र मिस वेस्ट वाकको उपाधि अस्मिता तिमल्सिनाले, मिस पँचुअलको उपाधि मनिषा केसीले, मिस पर्सनालिटीको उपाधि प्रगति अमात्यले र मिस फ्रेन्डसिपको उपाधि बिपासना कर्माचार्यले हाँसिल गरे । कार्यक्रमको कोरियोग्राफी पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् ।

%d bloggers like this: