Fri. Apr 19th, 2024

भाद्र १३ गते प्रदर्शनमा आएको चलचित्र उत्सवले अब असोज ३ गते उपत्यकामा प्रदर्शन मिति तय गरेको छ । उपत्यका भित्र प्रदर्शन भइरहेको चलचित्र ‘उत्सव’ ले कमजोर व्यापार गरिरहेको अबस्थामा अब असोज ३ गते उपत्यका बाहिर प्रदर्शनमा जाने भएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको क्रेज अझैपनि नघटेपछि चलचित्र उत्सव लगायतका चलचित्रको यति बेला व्यापार निकै कमजोर रहेको देखिन्छ ।10689797_1557708111118941_3120737776829310847_nचलचित्र कोहिनूरमा दर्शकको चाप प्रदर्शनमा आएको पाँचौ सातामा पनि उस्तै देखिएपछि अब व्यापार भन्दा पनि चलचित्र प्रदर्शन गर्नु नै उचित ठानेपछि चलचित्र उत्सव युनिटले उपत्यका बाहिर चलचित्र प्रदर्शन गर्न लागेको छ । उपत्यका बाहिरबाट भने चलचित्र युनिटले चलचित्रको व्यापार राम्रो हुने विस्वास राखेको छ । तर उपत्यका बाहिर पनि कोहिनूरले हलहरु अझैपनि भरिएका छन् । यस विचमा चलचित्र उत्सवले उपत्यका बाहिरका लागी प्रदर्शन मिति तय गरेको छ । कुमार भटराईको निर्देशन र शेखर कोइरालाले लगानी गरेको चलचित्र ‘उत्सव’मा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको सगै निर्माता कोइरालाका छोरा संजोग कोइरालाको मुख्य भुमिकामा देखिएका छन् ।

%d bloggers like this: