Sat. Apr 20th, 2024

आउन २३ गते देखी अलनेपाल रिलिज भएको चलचित्र कोहिनूरले आज देखी ५१ दिन पार गरेको छ । अहिलेको अबस्थामा खडेरी लागेको चलचित्रको व्यापारमा चलचित्र कोहिनूरले एउटा भन्दै छाप बनाउन सफल भएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले आज ५१ औं दिन मनाउन सफल भएको भन्दै आज काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरि चलचित्र सफल बनाउन विभिन्न तहतप्काबाट साथ दिने पत्रकार, कलाकारलाई सम्मान गरिएको छ । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले कलाकार र पत्रकारलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरेका छन् ।
kohiचलचित्र कोहिनूरको ५१ औं दिनको सफलताको कार्यक्रममा सहभागी हुन् कलाकार,पत्रकार देखी विभिन्न संघ संस्थाका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी स्वेता खड्का भने विरामी भएका कारण कार्यक्रममा उपस्थित हुन सकेकी थिइनन् । सम्मान तथा बधाई कार्यक्रममा चलचित्रका वितरक सुनिल मानन्धरले निर्देशक आकाश अधिकारीलाई ५ लाखसहित सम्मान गरेका थिए । अहिले सम्म आफुले वितरण गरेको चलचित्र मध्यकै सबैभन्दा उत्कृष्ट चलचित्र भएको भन्दै सुनिल मानन्धरले आकाश अधिकारीलाई बधाई पनि दिएका थिए ।
kohiiiश्रीकृष्ण श्रेष्ठको निधन साउन २४ गते दिल्लीको एपोलो अस्पतालमा भएको थियो । कार्यक्रममा ‘कोहिनुर’का नायक तथा निर्माता स्वर्गिय श्रीकृष्ण श्रेष्ठको नाममा च्यारेटीबल संस्था खोल्ने जानकारी दिइयो । यस्तै, नायक श्रीकृष्ण श्रेष्ठको पूर्ण कदको प्रतिमाका लागि स्थानको खोजी भैरहेको समेत जानकारी दिइयो । चलचित्र कोहिनूरले हिजो सम्ममा करिब ११ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको खबर प्राप्त भएको छ ।

%d bloggers like this: