Thu. Apr 18th, 2024

प्रदर्शन मिति तय नभएको चलचित्र १२ नेपाली एक चिहानले विराटनगरमा रेड कार्पेट च्यारिटी गर्ने भएको छ । आज विराटनगरमा पत्रकार भेटघाट कार्यक्रममा चलचित्र युनिटले उक्त कुरा बताएको हो । रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको हतियारधारी समूहद्वारा हत्या भएको घटनालाई लिएर निर्माण भएको चलचित्र १२ नेपाली एक चिहानलाई सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको थियो ।

12 nepaliकेहि महिना अगाडी मात्र सेन्सर पास भएको चलचित्र १२ नेपाली एक चिहानलाई बिराटनगरमा रेड कार्पेट च्यारिटी शो गरिन लागेको चलचित्रका निर्देशक अरुण प्रधानले बताए । रोजगारीका क्रममा बिदेशमा मारिएका नेपालीहरूको सन्तानको अध्ययनका लागि छात्रवृति कोषको स्थापनार्थ च्यारिटी गर्न लागिएको हो । यहि असोज १५ गते फूलपातीका दिन बिहान ८ बजे बिराटनगरको हिमालयन टाकिजमा च्यारिटी गर्न लागिएको बिराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईयो । चलचित्रमा उत्तम जंग लिम्वु, जतिन ताम्राकार, राजन खतिवडा, रबिन्द्र झा, बिक्रम सिं, राम भजन कामत, सोनु जयन्ती, मिलन श्रेष्ठ, शुशिल थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई संगीता प्रधान, रविन श्रेष्ठ, रविन राई, भाईसन वर्देवाले निर्माण गरेका हुन् ।

%d bloggers like this: