Thu. Apr 25th, 2024

सुन्दै अचम्म लाग्न सक्छ । तर बलिउडकी विश्व प्रसिद्ध अभिनेत्री एन्जेलिना जोलीले आफ्नो बिहे पोशाकका कारण तत्कालका लागि रोकिएको बताएकी छन् ।

बिहेको लागि प्रेमी ब्रैड पिटसंग बिहेको अन्तिम तयारीमा रहेकी जोलीलाई मिडियाहरुले बिहेको तयारी कस्तो छ भनी सोधेको प्रश्नको जवाफमा जोलीले आँफुसंग बिहेका लागि पोशाक तयारी अवस्थामा नरहेको बताएकी हुन् ।

३८ बर्षीया अभिनेत्री जोलीले पोशाक लगायतका सामग्रीको तयारी पछि आफुले बिहे गर्ने बताएकी छन् ।
सुत्रका अनुसार जोली नितान्त पारिवारिक रुपमा मात्रै बिहे गर्ने तयारीमा छन् । उनले आफ्नो बिहेमा आफन्त बाहेक मिडियाहरुलाई बोलाउने मुडमा छैनन् ।

आश्चर्य त के छ भने एन्जेलिना जोली र उनका प्रेमी ५० बर्षीय पिट ६ सन्तान म्याडोक्स, प्याक्स, जहारा, शिलोह, न्याक्स र विविएनका पाता पिता हुन् ।

%d bloggers like this: