Sat. Apr 20th, 2024

भनिन्छ, मान्छे जोसंग सबैभन्दा बढि रिसाउँछ, उसैलाई धेरै माया गर्छ । यसका सयौं उदाहरण छन् । यस्तै अर्को उदाहरण बलिउड उद्योगमा थपिएको छ ।

बलिउड स्टार प्रियंका चोपडाले आफ्ना पूर्व प्रेमीलाई जेल पठाउने धम्की दिएकी छन् । धम्कीमात्र होईन उनले आफ्ना पूर्व प्रेमी असिम मर्चेन्टबिरुद्ध कानूनी उपचार खोज्न उजुरीसमेत दिईसकेकी छन् ।

सुत्रहरुका अनुसार असिमको प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रियंका चोपडा र उनका म्यानेजर प्रकाश जाजुको जीवनमा आधारित छ ।

यसै कारण प्रियंकाले आफ्नो निजी जीवनबारे असिमले चलचित्रमार्फत सार्वजनिक गर्न खोजेको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । यद्यपी प्रहरीले असिमलाई प्रक्राउ भने गरिसकेको छैन ।

प्रियंकाका पूर्व प्रेमी असिमले भने आँफुले प्रियंकालाई धेरैनै माया गर्ने भएकाले उनीमाथि लगाईएको आरोप झुटो भएको बताएका छन् । असिमले आँफुले प्रियंकाको बेईज्यत गर्ने गरी फिल्म बनाएको नभई प्रकाश जाजुको जीवनमा आधारित बनाएको र यो निकै उत्कृष्ट रहेको दावी गरेका छन् ।

%d bloggers like this: