Sat. May 11th, 2024

हलिउड अभिनेत्री डेमी मुर र अभिनेता ब्रुस विलिसकी छोरी स्काउट विलिस न्युयोर्कको सडकमा अर्धनग्न अवस्थामा भेटिएकी छन् । उनी सामान्य कारणले होईन एक फोटो प्रकाशन सम्बन्धी सामाजिक संजालको बिरोधमा यसरी सडकमै नाङ्गो बनिन् ।

पछिल्लो समय फोटो सेयरका हिसाबले राम्रो चर्चामा रहेको इन्स्टाग्रामले महिलाको अर्धनग्न तस्वीर प्रकाशन नगर्ने बताए पछि स्काउट त्यसकै बिरोधमा सडकमा नाङ्गिएकी हुन् ।

२२ बर्षीया स्काउट कुनै पनि किसिमले महिलामाथि बन्देज लगाउन नपाउने भन्दै इन्स्टाग्रामको बिरोधमा सडकमा नाङ्गिईन् ।

उनले आफ्नो अर्धनग्न तस्वीर ट्वीटरमा सार्वजनिक गर्दै लेखिन् ‘न्युर्योक सिटीमा बैद्य छ, तर इन्स्टाग्राममा छैन । इन्स्टाग्राम तपाईलाई के हेर्न दिँदैन ?’
उनको तस्वीरमा स्कर्ट र जुत्ता लगाएको मात्रै देख्न सकिन्छ ।

%d bloggers like this: