Thu. Mar 28th, 2024

बलिउडका महानायक अमिताभ बच्चनको आगामी चलचित्रको नाम शमिताभ रहने चर्चा हुन थालेको छ ।

बलिउडका चल्तापूर्जा निर्देशक आर बाल्कीले अमिताभ बच्चनलाई लिएर एक चलचित्र बनाउन लागेका छन् । जसको नाम नै शमिताभ राखिने चर्चा बलिउड नगरीमा छ ।

आर बाल्कीले यस अघि अमिताभ बच्चनलाई समेटेर चीनी कम र पा लगायतका सुपरहिट चलचित्र निर्माण गरिसकेका छन् ।

चलचित्र शमिताभमा धनुष र कमल हसनकी सुपुत्री अक्षरा हसनले पनि काम गर्ने जनाईएको छ । अक्षरा यसै चलचित्र मार्फत बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।

निर्देशक आर बाल्कीले चलचित्रको आधा–आधी छायाँकन पनि सकिईसकेको बताएका छन् । उनले चलचित्रको नाम बारे अन्तिम निर्णय नभए पनि शमिताभ नाम राख्ने सम्भावना बढि रहेको मिडियाहरुलाई जानकारी गराएका छन् ।

%d bloggers like this: