Thu. Mar 28th, 2024

काठमाडौं, जेठ १५ । अनलाइन पत्रिका फिल्मीखबर डटकमले राजधानीमा आयोजना गर्न लागेको ‘दोस्रो मिन्स्क अनलाइनखबर फिल्म अवार्ड २०७१’मा गतवर्ष निधन भएका नेपाली फिल्म उद्योगका चर्चित निर्देशक स्व. शिव रेग्मीलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
अवार्डका निर्देशक सुरेशदर्पण पोखरेलले निर्देशक रेग्मीले नेपाली फिल्म उद्योगलाई पु¥याएको योगदानको कदर गर्दै अवार्ड दिन लागिएको जनाए । पोखरेलले जेठ २६ गते आयोजना हुने अवार्ड प्रदान कार्यक्रममा निर्देशक रेग्मीको अवार्ड उनकी श्रीमतिले लिने बताए । कार्यक्रममा चलचित्र संघ सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले उत्कृष्ठ ५ को मनोनयनमा परेका कलाकारलाई मनोनयनपत्र प्रदान गरेका थिए ।
10155140_10202717021099839_3387528692089017122_n
१७ विधामा प्रदान गर्न लागिएको पपुलर अवार्डमा फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, स्कृप्ट, संगीतकार, गीतकार, गायक, गायिका, छाँयाकार, द्वन्द्व निर्देशक, नृत्य निर्देशक, सम्पादक, नवनिर्देशक नवअभिनेता, नवअभिनेत्री र फेसन डिजाइनर छन् । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुमन गैरेले अवार्ड कार्यक्रमलाई पारदर्शी र भरपर्दो किसिमले गर्ने प्रतिबद्धता जनाए ।
 
1904145_10202717026419972_3897807265513399281_n
 

%d bloggers like this: