Fri. Apr 26th, 2024

काठमाडौं, २९ माघ ।  स्टार एफएमद्वारा पहिलोपटक आयोजित ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड–२०७०’ मा बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
बुधबार राजधानीमा सम्पन्न समारोहमा उत्कृष्ट सुगम गायिकाको अवार्ड रजिना रिमालले पाइन् । उनले ‘पानीको फोका’ मार्फत अवार्ड पाएकी हुन् । यसै गीतमार्फत उत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले पाए भने सुगम संगीततर्फ पानीको फोकाबाटै किरण कँडेल उत्कृष्ट भए । ‘फुलजस्तो फुलिरहँु’ गीतबाट रामकृष्ण ढकार्ल सुगम गीततर्फ उत्कृष्ट गायक ठहरिए ।
जम्मा २२ विधामा प्रदान गरिएको अवार्ड कार्यक्रममा गोविन्द उपाध्यायको एल्बम ‘सत्ययता’ उत्कृष्ट ठहरियो भने । त्यस्तै, बसन्त चौधरीले ‘तिमीबाहेक मेरो’ गीतबाट उत्कृष्ट सुगम गीतकारको अवार्ड थापे ।
गायिका आस्था बिले उत्कृष्ट पप गायिकाको अवार्ड पाएकी छन् । उनले ‘मलाई पुगेन’ गीतबाट अवार्ड पाएकी हुन् । पुरुषतर्फ ‘फिका फिका’ गीतमार्फत नविन के भट्टराईले अवार्ड पाए ।  उत्कृष्ट पप संगीतकारतर्फ राजु सिंहले अवार्ड पाएका छन् । उनलाई गायिका मिलन अमात्यले गाएको गीत ‘पग्लीसर्केँ तिमीसामु’ बोलले अवार्ड दिएको हो ।
त्यस्तै, चलचित्र गीततर्फ ‘रिदम’ को ‘पागल बन्न सक्छु’ गीतबाट डा. कृष्णहरि बराल उत्कृष्ट ठहरिए । चलचित्र ‘रिदम’ बाटै सत्यराज आचार्य उत्कृष्ट गायक र बसन्त सापकोटा उत्कृष्ट चलचित्र संगीकार घोषित भए । उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड भने मिलन अमात्यको पोल्टामा प¥यो । मिलनले चलचित्र ‘नोटबुक’ को गाला रातै’ गीतबाट अवार्ड पाएकी हुन् ।
त्यसैगरी उन्नती सिला बोहरा, ‘सुनरे’ गीतबाट राष्ट्रभावनातर्फ उत्कृष्ट भइन् भने लोक गीततर्फ ‘बोतलको पानी’ बाट भाजराज काफ्ले, नव प्रतिभा लोकदोहोरी गायनतर्फ ‘सुन्दर लाग्छ’ बाट मौसम गुरुङ र उत्कृष्ट दोहोरी शब्दतर्फ एकनारायण भण्डारीले अवार्ड पाए । त्यस्तै, देवी घर्ती उत्कृष्ट दोहोरी गायिका, पुरुषतर्फ कुलेन्दं्र बिकले अवाडए थापे । देवी र कुलेन्दं्रले एउटै गीत ‘हास्न सिकायौं’ गीतबाट अवार्ड पाएका हुन् । लोक दोहोरी भाकातर्फ रामजी खाँडले ‘निधारमा लेखेसी’ गीतबाट अवार्ड पाए ।

%d bloggers like this: