Fri. Apr 26th, 2024

काठमाडौं, माघ २९ । मिस नेपालको १९ औँ संस्करण आउँदो मे ३ ताखिमा हुने भएको छ । प्रतियोगीतामा मिस नेपालको उपाधि जित्नेलाई प्रायोजन गरिएको गाडी र फ्ल्याट भने आयोजक हिडेन ट्रेजरले आफ्नै नाममा रहने बताएको छ । हुन्डाइ कम्पनीले सह–प्रायोजक भएर दिने हुन्डाइ–लक्ष्मी कार र साँग्रिला हाउजिङ प्रा.लिले दिने अर्पाटमेन्ट आयोजककै नाममा रहने पत्रकार सम्मेलनमा बताइएको हो । कुनै कार्यक्रममा सहभागी हुँदा मात्रै कारको चलनभोग गर्न पाउने पनि आयोजकले स्पष्ट पारेको छ । सन् २०१० मा मिस नेपाल बनेकी सदीक्षा श्रेष्ठलाई भने भएपनि कार उपहार दिइएको थियो ।

 ‘फ्यान्टा द हिडेन ट्रेजर मिस नेपाल –२०१४’ नाम दिइएको उक्त ब्युटी प्याजेन्टको अन्तिम स्पर्धा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

यसपटकको प्रतियोगितामा मिस चितवन, मिस पोखरा र मिस पूर्वाञ्चलले सिधै भाग लिन पाउने भएका छन् । आयोजक द हिडेन ट्रेजरले बुधवारबाट आवेदन फारमा खुला गरेको छ । इच्छुक युवतीले मार्च १४ भित्रमा आयोजक संस्थाको अफिसियल वेबसाइट  http://missnepal.com.np/ बाट पनि फारम भर्न सक्नेछन् ।
फर्म भरेका मध्ये २०–२५ युवतीलाई अन्तिम स्पर्धाक लागि छनोट गरिने आयोजकले जनाएको छ । विजयी अर्थात् फ्यान्टा मिस नेपाल (वल्र्ड) हुनेले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी फस्टरनरअप अर्थात् फ्यान्टा मिस नेपाल (अर्थ)ले ६० हजार र सेकेन्ड रनरअप अर्थात् फ्यान्टा मिस नेपाल (इन्टरनेशनल) ४० हजार रुपैयाँ पाउने भएका छन् । मिस नेपाल प्रतियोगितामा कोरियोग्राफिको जिम्मा रचना गुरुङ शर्माले लिएकी छन् ।

%d bloggers like this: