Thu. Apr 18th, 2024

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले आगामी मंसिर २६ देखि ३० सम्म हुनेभएको छ । सो महोत्सवका लागि ५० मुलुकबाट ३ सय वटा चलचित्र प्राप्त भएको र नेपालमा बनेको ५५ वटा चलचित्र समावेश हुने जानकारीमा आएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक संस्थाका किम्फका अध्यक्ष बसन्त थापाले महोत्सवमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट तीनवटा चलचित्र छनौट हुने र विजयी प्रथम, द्वितीय र तृतीय चलचित्रलाई क्रमशः एक हजार ५ सय, एक हजार तथा ५ सय अमेरिकी डलर पुरस्कार र नेपाली खण्डको नेपाली प्यानोरामातर्फ सर्वोत्तम डकुमेन्ट्रीलाई २५ हजार र कथानक चलचित्रतर्फ २५ हजार पुरस्कार दिइने जानकारी दिए ।

नेपाली खण्डको नेपाली प्यानोरामातर्फ सर्वोत्तम डकुमेन्ट्रीलाई २५ हजार र कथानक चलचित्रतर्फ २५ हजार पुरस्कार दिइनेछ । त्यस्तै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यान्मार, नेपाल तथा पाकिस्तानी क्षेत्रका सदस्य राष्ट्रका चलचित्र निर्मातालाई सहयोग गर्न एकीकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड)ले एक हजार अमेरिकी डलरको पुरस्कार राखेको जानकारी पनि उनले दिए।

%d bloggers like this: