Mon. Aug 8th, 2022

बिगत २६ दिनदेखि बयोधा अस्पतालको ‘भेन्टिलेटर’मा जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको आज बिहान निधन भएको छ। दुबै किड्नीले काम नगरेको अवस्थामा रहेका उनको आफन्त सहित फिल्मकर्मीहरू निकै चिन्ता लिदै स्वास्थ्यलाभको कामना गरिरहेका थिए । रेग्मीको एक छोरा अहिले डाक्टर पढिरहेका छन भने छोरी नर्शिंग गर्दै चलचित्रमा पनि अभिनय गरिरहेकी छिन ।
बिसं २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले प्रेम पूजाबाट लेखकका रुपमा चलचित्र छेत्रमा प्रवेश गर्दै ‘आफन्त’ फिल्ममा पहिलो पटक निर्देशन गरेका थिए। नेपाली फिल्म उधोगलाई रेग्मी आफन्त सहित सुख दु:ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो लगायत सफल फिल्म दिएका छन् । निर्देशक रेग्मीको ‘पराई’, ‘मनले मनलाई छुन्छ’ नामक दुई फिल्म रिलिजको क्रममा छन् । पराई यहि आउदो पुष २६ बाट पर्दशनमा आउदै छ।
shiva_3
shiva_2