Fri. Apr 19th, 2024

चलचित्र झोलेले आज आफ्नो आकर्षक पोस्टरका साथ प्रोमो सार्वजनिक गरिएको छ ।  दरबारमार्ग स्थित भेला रेस्टुरामा आज पत्रकार सम्मेलन गरि  चलचित्र को पोस्टर र प्रोमो सार्बजनिक गरिएको हो  । टेकेन खड्का निर्माता रहेको झोले फागुन ९ गते बाट प्रदर्शन मा आउने भएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको झोले डार्क कमेडि चलचित्र हो ।
आस्मा फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा दयाहाङ राइ र प्रियंका कार्की को मुख्य भूमिका रहेको छ भने हरी लम्साल र अनुपम शर्माको संगीत, शान बस्न्यातको लेखन, रेनशा राई र निलु डोल्मा शेर्पाको नृत्य निर्देशन छ ।

%d bloggers like this: