Sat. Apr 20th, 2024

दुवै किड्नी फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीलाई बेल्जियमबाट पनि ८० हजार रुपैयाँ उपचारार्थ प्राप्त भएको छ । विगत १५ बर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यक्ष रहेको चितवन सहायता कोष बेल्जियम (क्याट)ले ५० हजार र पदम गुरुङ अध्यक्ष रहेको यूरो नेपाल कलाकारसंघले ३० हजार रुपैयाँ रेग्मीलाई प्रदान गरेको हो । उक्त रकमलाई अधिकारीकी छोरी सुषमाले रेग्मीको घर पुगेरै प्रदान गरेकी थिइन् । यस अघि उक्त दुई संस्थाले पवन मैनाली र गायक कुमार कान्छाको उपाचारार्थ पनि सहयोग रकम प्रदान गरेको थियो ।
रेग्मीको स्वास्थ्य अबस्थामा भने केही सुधार आएको बताइएको छ । रेग्मीको किड्नी टान्सप्लान्ट डेट आउदो मंसिर पहिलो हप्ताका लागि तोकिएको परिवारले जानकारी दिएको छ । रेग्मीलाई यस अघि यूकेमा रहेकी इशा गुरुङबाट प्राप्त ५० हजार रकम चलचित्र पत्रकार संघ मार्फत प्रदान गरिएको थियो भने चलचित्र संघ बाट १ लाख र चलचित्र बिकास बोर्डले पाँच लाख उपचारार्थ सहयोग भएको छ । sh1
sh2
sh3

%d bloggers like this: