Fri. Apr 19th, 2024

विएस ठकुरी/नेपालगञ्ज, ७ असोज
नेपाली कथानक चलचित्र सारङ्ककोसुटिङ नेपालगन्जमा सुरु भएको छ । लामो समयदेखी रंगमञ्चमा सक्रिय रहेका निर्देशक तथा रंगकर्मी बिरेन्द्र हमालको निर्देशनमा बनिरहेको फिल्मको बाँकी भाग नेपालगञ्जमा सुटिङ भएको हो । शुभम् फिल्मस प्रालिको पहिलो प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म बारे निर्देशक हमालले भने, “ब्यानरमै स्पष्ट छ “सारङ्ग” को मर्म, नमाग देशस“ग तिमी…… के दियौ र तिमीले यो देशलाई ? भन्ने हो । बाँकी त फिल्म हेरेपछि थाहा हुन्छ ।”
मंसिर दोस्रो सातादेखि प्रर्दशनको तयारीमा रहेको फिल्म“साराङ्क” ले घटना बिशेष भन्दापनि बिषयवस्तुको गहिराइलाई उजागर गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । बाँकेकै नेपालगञ्ज–३,घरबारी टोलमा जन्मेका हमालले फिल्मको धेरै भागको सुटिङ काठमाडांैमा गरिएतापनि जन्मथलोको मायाले गर्दा केही दृश्य नेपालगन्जमा छायाँकन गर्न लागिएको बताए । हमालले आप्mना बुवा लोकगायक स्वर्गीय महेन्द्र हमालको शब्द रहेको अवधी भाषाको ‘चलो बलम तुमका टहराए लाई, चलो बाँके बजरिया’. वोलको गीतलाई आइटम गितको रुपमा पस्कने वताए । आगामी मसिंर दोस्रो सातादेखि प्रर्दशनको तयारीमा रहेको चलचित्र “सारङ्क” ले घटना बिशेष भन्दापनि बिषयवस्तुको गहिराईलाई उजागर गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
नेपालगञ्जकै सागरसिंह ठकुरीको सहायक निर्देशन रहेको फिल्ममा सपना सिंह ठकुरी, निरञ्जन शर्मा, स्वर्ण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की र सन्दिप निरञ्जनको मुख्य भूमिका रहेको छ । एक हप्ताको छायांकन पश्चात युनिट काठमाडौँ फर्किने निर्दशकले जानकारी गराए ।

%d bloggers like this: