Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
पिडि परिवर्तन संगै अधिकांश कुराहरुमा यति बेला परिवर्तन पनि आइसकेको छ । यो हिसाबले नेपाली गीत संगीतलाई पछिल्लो समय नियालेर हेर्दा यसमा पनि आमुल परिवर्तन आइसकेको छ । अहिलेका नया युवा पिडिको नया सोच अनि फरक बिचारले धेरै नया कुराको जन्म पनि गराएको छ । तर हाम्रा पुराना पिडिहरु पनि आफ्नो कामलाई उत्तिकै निरन्तरता दिदै आइरहेका छन् । धर्म संस्कृति पनि एक अति आवश्यक रहेको तर्कको साथमा देशमा मात्र नभएर बिदेशमा रहदा समेत आफ्नो धर्म बखुबी निभाउने व्यक्तिहरु पनि हामी माझ रहेका छन् । यस्तै एक व्यक्ति हुन् रचनाकार तथा संगीतकार येदीन गजमेर । यो नाम आफैमा कलाको प्रतिक रहेको छ जसमा धेरै कलाको मिश्रण रहेको आभास हुन आउछ । युवा पिडिको ठुलो जमात खडा भएको अवस्थामा उनि हाम्रो धर्मको विस्तारमा लागिपरेका छन् ।
yedin-gajmer
नेपाली गीत संगीतलाई हेर्ने सबैको दृष्टिकोण यति बेला फरक रहेको छ । कसले कुन हिसाबले यसलाई उपयोग गरि प्रस्तुत गर्दछ भन्ने कुरामा यो निर्भर हुन जान्छ । यहि हिसाबले रचनाकार तथा संगीतकार येदीन गजमेरले हाम्रो धर्ममा केन्द्रित रहेर नेपाली सांगीतिक हिसाबले आफ्नो पाईला अगाडी सारेका छन् । उनले आफ्नो ज्ञान हासिल र बुझाईको आधारमा केहि कुराहरु प्रष्ट पारेका छन् । यो पञ्च भौतिक क्षर जगत नश्वर ,स्वप्नवत तथा उत्पत्ति -प्रलयद्वारा युक्त छ। यस्ता अनंत ब्रम्हाण्डहरु अक्षरब्रह्मको एकै पलमा उत्पन्न भएर लय हुन्छन। यहाँ जन्म – मरण ,जरा -व्याधिका अनंत दुःखहरु छन। अनेकौ पुण्य कर्मको फल स्वरुप ८४ लाख योनिहरूमा भ्रमणोपरान्त जीवलाई यो सुंदर मनुष्य जीवन प्राप्त हुन्छ जसको एक मात्र लक्ष्य अखंड मुक्ति प्राप्त गर्नु हो। जुन लक्ष्यलाई प्राप्त गर्न आफ्नो आत्माको मूल स्वरुप तथा आत्माका प्रियतम प्राणनाथको पूर्ण पहिचान तारतम ब्रह्म ज्ञानको अतिरिक्त अरु कुनै मार्ग नै छैन।
आत्मा -परमात्माको दिव्य किशोर मूल स्वरुप यस नश्वर जगत तथा अक्षरब्रह्म देखि पनि पर दिव्य परमधाममा विराजमान छ जहाँ प्रेम नै प्रेम ,आनंदमयी छ जहाँ दुःखको नामोनिशान नै छैन ,त्यही दिव्य धामबाट ब्रह्मात्माहरु यस दुःखरूपी संसारको क्षणिक लीलालाई स्वप्नवत हेरिरहेका छन।
यस २८ सौ कलियुगमा परब्रह्म प्राणनाथ दिव्य तारतम ज्ञान लिएर आफ्ना आत्माहरुका साथमा बुद्ध निष्कलंक स्वरुपमा समस्त प्राणीहरुलाई मुक्ति दिन अवतरित हुनु भएको लगभग ४०० साल भईसक्यो। वर्तमान समयमा श्री प्राणनाथजी श्रीमुख तारतमवाणी वाङ्गमय स्वरुपमा विद्यमान भएर हामी सबै आत्माहरुलाई अखंड परमधामको आनंदानुभूति गराई रहनु भएको छ। सम्पूर्ण प्राणी मात्रका प्राण स्वरुप हुँनाले उहालाई नै प्राणनाथ भनिन्छ। प्राणनाथ कुनै व्यक्ति विशेषको नाम होइन , उहा त सम्पूर्ण प्राणी मात्रका मालिक हुनुहुन्छ। यी सबै कुरा रचनाकार तथा संगीतकार येदीन गजमेरले राखेका उनको विचार विमर्श रहेका छन् ।
yedin-gajmer
प्रशंग हो गीति भजन एल्बम को । रचनाकार तथा संगीतकार येदीन गजमेरले भर्खरै मात्र आफ्नो “मेरो प्राणनाथ” (The Supreme Truth God) नामक नया भजन गीति एल्बम बाहिर सार्वजनिक गरेका छन् । उनै प्रियतम प्राणनाथजीको ज्ञान ,भक्ति , प्रेम एवं विरहले ओत -प्रोत भई यस दुःखरुपी संसारमा जल कमलवत जीवन बिताउदै नश्वर संसार एवं अखण्ड परमधामको सरल , सुगम अनि बोधगम्य भजनहरुको संगालो “मेरो प्राणनाथ” (The Supreme Truth God) येदीन गजमेरले आफ्नै शब्द संगीतमा हामी माझ लिएर आएका छन् । उनको यस भजन गीति एल्बममा नेपालमा विभिन्न चर्चित गायक गायिका रामकृष्ण ढकाल, अनुप रेग्मी, कर्मा शेर्पा, धन बराईली, जेनिशा पौडेल, अनुश्का पाठक, निकि गुरूङ लगायतका कलाकारहरुले आफ्नो सुमधुर स्वर दिएका छन् । हालै अमेरिकामै एक समारोहको बीच उनले उक्त एल्बम आफ्नो आमाबाबुको हातबाट बिमोचन गरेका छन् । यो एल्बममा पुर्णरूपमा सहयोग गर्नुहुने कर्ण विर, धनेन्द्र रसाईली, सागर शंखर र नेपालबाट अनुप रेग्मीको ठुलो सहयोग रहेको हुनाले सबै प्रति उनले आभार प्रकट गरेका छन्। यस्तै अबको केहि समयमा नै उनले आफ्नो नया आधुनिक एल्बमको काम पनि सुरु गर्ने कुरा बताएका छन् ।
yedin-gajmer
यस्तै उनले कला र प्रतिभाको सर्जंक भनेकै दर्शक श्रोताहरु हुनु भएको हुनाले सबै कुरा उहाहरुको दृष्टिकोणमा नै भरपर्ने पर्ने बताएका छन् । हाम्रो धर्म संस्कृति बचाउने हिसाबले आफुले यो प्रयास गरेको र यसको सहि हिसाबले मुल्यांकन गरि आफ्नो प्रतिक्रिया अनि सल्लहा सुझाबको साथमा आफुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् । यस्तै उनले हामी जहाँ रहे पनि नेपाली धर्म कला संस्कृतिलाई माया अनि सम्मान गर्नुपर्ने जरुरी रहेको र सधैब आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने प्रयास गरौ भनि सबैलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: