Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
पुस २८ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र लभ साशा ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “कथा तिम्रो सुनु” बोलको उक्त गीतमा असिफ शाह र श्रेया शोताङले आफ्नो सुमधुर स्वर दिएका छन् । गीतमा हामी नायिका केकी अधिकारी र नायक कर्माको प्रेमको केहि झलकहरु छाल्किरहेको देख्न सक्छौ ।
love-sasha
चलचित्रको यति बेला चर्चा परिचार्मा पनि तीव्र नै रहेको छ । पपकर्न पिक्चर्सद्वारा प्रस्तुत गरिएको र प्रिन्सेस मुभिज र दि टि फोकस फिल्म्सको निर्माणमा तयार भएको चलचित्रमा कर्मा , केकी अधिकारी , शिवानी चालिसे , विकास जोशी , रश्मी भट्ट र आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रका लेखक तथा निर्देशक प्रचण्ड मान श्रेष्ठ रहेका छन् | उनले यो भन्दा अगाडी “फर्स्ट लभ” चलचित्रको लेखन गरेका छन् भने “भिसा गर्ल” नामक चलचित्र निर्देशन समेत गरिसकेका छन् | यसका साथमा चलचित्रमा शिवराम श्रेष्ठको छायांकन , लोकेश बज्राचार्यको सम्पादन र पार्श्वधुन जेसन कुंवरको संगीत समावेश रहेको छ | चलचित्रको प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने पब्लिसिटी डिजाइनको जिम्मा स्वप्निल आचार्यले लिएका छन् |
love-sasha
चलचित्रका निर्माता माधव वाग्ले हुन् | उनि नेपाली चलचित्र क्षत्रका सफल तथा पुराना निर्माताको रुपमा चिर परिचित रहेका छन् | उनले यस अघि “फर्स्ट लभ” , “लूट” , “छड्के” , “रेशम फिलिली” जस्ता सफल चलचित्रहरुको निर्माण गरेर नेपाली दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान समेत बनाईसकेका छन् | आफ्नो यस चलचित्रले पनि दर्शकहरुको टेस्ट अनि चाहनालाई पूर्ण रुपमा न्याय गरेको दाबी गरेका छन् | चलचित्रको कथा वस्तु निकै माथिको लेबल सम्मको रहेको र चलचित्रमा प्रस्तुत बिषय वस्तु र प्रस्तुतिले अधिकांश दर्शकहरुको मन छुने विश्वास उनले व्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: