Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा नया कलाकारहरुको आगमन संगै पछिल्लो समयमा पुराना कलाकारहरु पनि अहिले निकै तिब्र रुपमा अग्रसर भएर लागिरहनु भएको छ | धेरै समय देखि यस क्षत्रमा आबद्ध रहेता पनि आफ्नो प्रस्तुतिलाई निरन्तरता दिन पनि सबैले सकेको अवस्था छैन | तर सधैब नेपाली गीत संगीत प्रति निष्ठावान भएर लागेको र आफ्नो नया प्रस्तुतिबाट नेपाली दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको एक गायक हुनुहुन्छ शिव थापा मगर | लामो समय देखि नेपाली गीत सांगीतिक क्षत्रमा जोडिएर आफ्नो सांगीतिक यात्रा बढाउदै गर्नुभएको उहाले अहिले सम्म अधिक मात्रामा मन छुने गीतहरु दर्शक माझ प्रस्तुत गरिसक्नु भएको छ | आधुनिक तथा लोक पोप सबै विधामा उत्तिकै उत्कृष्ट प्रतिभाको धनि उहाले केहि समय अगाडी मात्र नेपालीहरुको महान चाड दशैंको अवसर पारेर सबै नेपालीहरुको लागि कोसेली स्वरुप “दशैं आयो” बोलको गीत सार्वजनिक गर्नुभएको थियो | उक्त गीतले धेरै दर्शकहरुको मन पनि जित्न सफल भएको छ | तर अब फेरी हामी माझ हाम्रो अर्को चाड तिहार आउदै गरेको छ | उहाले यो अर्को ठुलो चाडको अवसर पारेर पनि फेरी आफ्नो अर्को नया प्रस्तुति “देउसी रे” दर्शकहरुको लागि लिएर आउने जमर्को गरिरहनु भएको छ |
shiva-thapa-magar
उहाबाट प्राप्त जानकारी अनुसार गीतको रेकर्डीङ्ग देखि लिएर म्युजिक भिडियोको काम समेत सबै सक्किसकेको छ | हाम्रो अर्को महान चाड दिपावलीको अवसरमा आफ्नो तर्फबाट सबै नेपालमा रहनु भएका तथा नेपाल बाहिर बिदेशमा रहनु भएका हाम्रो नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यो गीत कोसेली स्वरुप रहेको कुरा उहाले बताउनु भएको छ | नेपाली गीत संगीतको विकास हुन जरुरी रहेको र यसको लागि हामीले नै प्रयास गर्नुपर्ने मान्यता राख्नु हुने उहाले यो भन्दा अगाडी धेरै राम्रो राम्रो प्रस्तुतिबाट अधिकतम दर्शकहरुको मन जित्न सफल भईसक्नु भएको छ | अब आउने लागेको उहाको गीत पनि आफ्नो पछिल्लो गीत भन्दा धेरै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन छुने विश्वास उहाले ब्यक्त गर्नु भएको छ |
shiva-thapa-magar
आफ्नो लामो समयको यो सांगीतिक यात्राको क्रममा उहाले धेरै कुराको ज्ञान हासिल समेत गरिसक्नु भएको छ | दर्शकहरुको टेस्ट र बुझाईलाई राम्रो संग बुझ्नु भएको उहाले अहिलेको नेपाली सामाजिक परिवेशको वातावरणमा केन्द्रित रहेर आफ्नो प्रस्तुतिको निर्माण गरिरहनु भएको छ | उहाको अगिल्लो दशैंको गीतमा पनि निकै राम्रो सामाजिक तथा मौलिक कुराको चित्रण गरिएको थियो | त्यस्तै उहाको अब आउदै गरेको यस तिहारको गीतमा समेत नेपाली कला संस्कृतिको महत्वोको साथमा नेपालीपन र मौलिकताको सुन्दर चित्रण गरिएको कुरा उहाले उल्लेख गर्नुभएको छ | सबै काम पुरा भईसकेको उहाको उक्त गीत अबको केहि समयमा नै सार्वजनिक हुने कुरा उहाले जानकारी दिनुभएको छ |
नेपाली गीत संगीतलाई नै आफ्नो पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु भएको उहाले आफु सधै नेपाली गीत संगीतको विकास र प्रबर्धनको लागि डटेर लागिपर्ने र कहिले पनि पछि नहट्ने र सधैब नेपाली दर्शकहरु सम्क्ष राम्रो राम्रो प्रस्तुति पेश गर्ने कोसिस गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | त्यसै गरि उहाले तिहारको अग्रिम शुभकामनाको साथमा बिस्वको जुन सुकै कुनामा रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई नेपाली गीत संगीतलाई माया र सम्मान गरि सुनेर हेरिदिनुस र त्यहाँ भएका आफ्ना कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि आफुहरुलाई अझै राम्रा र पृथक प्रतिभा बाहिर प्रस्तुत गर्न हौसला प्रदान गरिदिनुहुन हृदय केहि नै बिनम्र अनुरोध गर्नुभएको छ |
हेर्नुस उहाको पछिल्लो दशैं गीत :

Leave a Reply

%d bloggers like this: