Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
तिहारको अवसर पारेर कार्तिक १२ गते देखि देशभरका हलहरुबाट प्रदर्शनमा आउन लागेको चलचित्र “उमंग” ले आईतबार काठमाडौँमा एक कार्यक्रमको बिच आफ्नो नया गीत सार्वजनिक गरेको छ | “दैव ले आँखा” बोलको गीतमा शब्द दयाराम पाण्डे , संगीत अर्जुन पोखरेल र स्वर गायक शिव परियारको रहेको छ | सगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बिसीले निर्माण गरेको चलचित्र परदेशीको “उमंग” को निर्देशक शिव शर्मा रहेका छन् | उनि एक कुशल नृत्य निर्देशक पनि रहेका छन् | धेरै लामो समयको अनुभव पछि आफुले यस चलचित्रबाट डेब्यु निर्देशनको जिम्मेवारी बहन गरेको उनि बताउछन् |
umang
परदेशीको दुख बेदना र पीडाको कथामा केन्द्रित रहेर तयार भएको चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ | त्यसै गरि चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा संगीतको साथमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन समावेश रहेको छ | चलचित्रका निर्देशक शिव शर्मा हुन् भने निर्माता कुमार बिसी रहेका छन् |
चलचित्र केहि समय अगाडी मात्रै अस्ट्रेलियाको यात्रा पुरा गरेर नेपाल आएको हो | नेपालमा समेत चलचित्रले धेरै दर्शकहरुको मन जित्ने विश्वास निर्देशक शिव शर्माले ब्यक्त गरेका छन् | आफुले आफ्नो तर्फबाट अधिक प्रयास गरेको र नेपाली दर्शकहरुको हितमा चलचित्रको निर्माण भएको दाबी उनले गरेका छन् | चलचित्रको कथा बस्तु हाम्रै नेपालीहरुको वास्तविकतामा केन्द्रित रहेको र चलचित्रको बिषय बस्तु र प्रस्तुतिले सम्पूर्ण दर्शकहरुलाई बाधेर राख्ने कुरा उनले उल्लेख गरेका छन् |
umang
८० प्रतिशत छायांकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको चलचित्रकी निर्माता कुमार बिसी रहेका छन् | उनले निर्माता संगै कलाकारको रुपमा समेत रजतपटमा हात हालेका छन् | आफ्नो उदेश्य चलचित्र बनाएर पैसा कमाउनु भन्दा पनि राम्रो चलचित्र नेपाली दर्शकहरुको माझमा प्रस्तुत गर्नु रहेको कुरा उनले बताएका छन् | चलचित्रको कथा लेखक पनि उनि नै रहेका छन् | अहिले तत्कालिन नेपालको समस्यालाई उनले निकै नै राम्रो तरिकाले प्रस्तुत गर्ने प्रयास गरेका छन् | आफ्नो चलचित्रले सारा नेपालीहरुलाई संदेशको साथमा चेतना समेत पुग्ने विश्वास उनको रहेको छ | त्यसै गरि उनले आफ्नो चलचित्र पनि एक पटक हेरिदिनुहोस र आफ्नो प्रतिक्रिया सल्लहा सुझाब आफुहरुलाई प्रदान गरिदिनुहुन सम्पूर्ण नेपाली दर्शकहरुलाई बिनम्र अनुरोध गरेका छन् |
हेर्नुस गीत :

हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: