Fri. Apr 26th, 2024

काठमाडाैँ । अन्तर्राष्ट्रिय अनलाइन् गायन प्रतियोगिता हल अफ फेम-२ को सेमिफाइनल आज हुँदैछ । विभिन्न राउण्डहरू पार गर्दै सेमिफाइनलसम्म अाएका ९ जना प्रतिष्पर्धीहरूले आज फाइनलमा जानका लागि प्रस्तुति दिनेछन् ।
गत जनवरीबाट यो प्रतियोगिता सुरू भएको थियो । सयाैँ प्रतिष्पर्धीहरूबाट छानिएका ५० जना प्रतिष्पर्धीहरू अडिसन राउण्डका लागि छनाैट भएका थिए । ती ५० जनाहरूमध्येबाट उत्कृष्ट २७ जनाले च्यालेन्ज राउण्डमा स्थान बनाएका थिए ।
आजराती ८ बजेबाट सुरू हुने एपिसोडले उत्कृष्ट ६ मा जाने प्रतियोगीहरूको छिनोफानो गर्नेछ ।
हल अफ फेम-२ को निर्णायकको रूपमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल छन् ।
यस प्रतियोगितामा प्रथम हुनेले १ लाख रूपैयाँ नगद पुरस्कार, निर्णायकहरू सहित अष्ट्रेलिया टुर र अफिसियल गीत तथा भिडियो रेकर्डिङ गर्ने अवसर पाउनेछन् ।
पहिलो सिजन अष्ट्रेलियाको मेलबर्नमा मात्र सिमित यो प्रतियोगिताको दोश्रो सिजनमा विश्वभरबाट प्रतिष्पर्धिहरू जोडिएका छन् । एसिया,अफ्रिका, युरोप र अष्ट्रेलिया सहित यस प्रतियोगितामा ४ महादेशका प्रतिष्पर्धि सहभागी भएका थिए ।

Leave a Reply

%d bloggers like this: